कनेक्ट आईपीएसमा जोडिए १६ वालेट, अब जुनसुकै बैंकबाट रकम लोड गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कनेक्ट आईपीएसमा जोडिए १६ वालेट, अब जुनसुकै बैंकबाट रकम लोड गर्न सकिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बाट सञ्चालित कनेक्ट आईपीएसमा आवद्ध हुने वालेटहरुको संख्या छ पुगेको छ । यससँगै अब जुनसुकै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट सजिलै ती वालेटमा रकम लोड गर्न सकिने भएको छ । 

सन् २०११ बाट चेक क्लियरिङको रुपमा सुरु भएको एनसीएचएलले अहिले जटिल तथा महत्वपूर्ण भुक्तानी प्रणालीको पूर्वाधार खडा गरिसकेको छ । दोस्रो चरणमा बैंक खाताबाट गरिने ठूलो रकमको कारोबारका लागि इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) सुरु गरेको कम्पनीले आफ्नो तेस्रो पेमेन्ट सिस्टमको रुपमा दुई वर्षदेखि कनेक्ट आईपीएस सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत एनसीएचएलले सबै बैंक वित्तीय संस्थासँगै भुक्तानी सेवा प्रदायक (वालेट), भुक्तानी प्रणाली सञ्चालक, ठूलो कारोबार गर्ने सरकारी तथा अर्धसरकारी निकाय, कर्पोरेट संस्था आदिबीच अनलाइन कारोबारको अन्तरसञ्चालन प्रणालीको काम गरिरहेको छ । 

त्यसैअनुसार अहिले कनेक्ट आईपीएसमा १६ वटा वालेट तथा एउटा पीएसओ (भुक्तानी प्रणाली सञ्चालक) आवद्ध भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिँह प्रधानले जानकारी दिए । ‘त्यसमध्ये ६ वटा वालेट त अहिले नै कनेक्ट आईपीएसको माध्यमबाट कारोबार गर्न मिल्ने गरी लाइभ भइसकेका छन्,’ उनले भने । ...

Read More