ऋणपत्र निष्कासनको लागि नबिल बैंकले गरायो रेटिङ


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ऋणपत्र निष्कासनको लागि नबिल बैंकले गरायो रेटिङ

नबिल बैंकले ऋणपत्र निष्कासन गर्नको लागि इक्रा नेपालमा रेटिङ गराएको छ । बैंकले रू. २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो । 

बैंकले निष्कासन गर्ने ऋणपत्रलाई इक्रा नेपालले जोखिम कम भएको जनाउने केयर एनपि एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले उपकरणहरु समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित मानिन्छ । 

बैंकले ऋणपत्र निष्कासन गर्नको लागि हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । बोर्डमा निवेदन दिएर स्वीकृृति पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ । 

Read More