कामना सेवा र क्वेस्ट लकलेजबीच दक्ष जनशत्ति निर्माण गर्ने सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा र क्वेस्ट लकलेजबीच दक्ष जनशत्ति निर्माण गर्ने सम्झौता

कामना सेवाविकास बैंक Kamana Sewa Bikas Bank Limited  र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कलेको तर्फबाट प्रिन्सिपल उदय राजपौडेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत उक्त लक्ष्यमा योगदान पुराउने उल्ले छ । त्यस्तै, बैंकले कलेजका विद्यार्थीलाई इन्टरशिपको व्यवस्थागर्ने यस समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । उक्त सम्झौताा मार्फत बैंकका कर्मचारीले कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुंदा सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको कलेजका प्रिन्सिपल उदय राजपौडेलले बताए ।  

Read More
  • MBL - below news