सिभिल बैंकको रौतहटस्थित शाखामा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकको रौतहटस्थित शाखामा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

रौतहट । सिभिल बैंक लिमिटेडका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रौतहटको गरुडास्थित शाखामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । यद्यपी संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

यस्तै रौतहटमा एकैसाथ २३ जना व्यक्तिमा संक्रमण पुष्टी भएको थियो । जसमध्ये सिभिल बैंकका ४ जना, राष्ट्रिय वाणिज्य बैंकका ४ जना कर्मचारी छन् । यसअघि पनि बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ ।

Read More
  • MBL - below news