व्यक्तिगत पैसा व्यवस्थापन गर्ने बानी कसरी बसाउन सकिन्छ ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
व्यक्तिगत पैसा व्यवस्थापन गर्ने बानी कसरी बसाउन सकिन्छ ?

- एक व्यक्ति वा संस्थाको लागि आफूसँग भएको पैसाको सदुपयोगबाट पूरा गर्न सकिने परियोजनाहरू के के हुन सक्छन् भनेर पूर्व अनुमान गर्नु नै वित्तीय लक्ष्य हो । लक्ष्य लामो पनि हुन सक्छ, छोटो पनि हुन सक्छ ।

- ५ वर्षपछि घर बनाउन लिएको ऋण कसरी तिर्ने भनेर तालिका बनाएर पूरा गर्नु र एक महिनापछि तिर्नुपर्ने ऋणको किस्ताबन्दी पूरा गर्न परिवारका सबै सदस्यले अलि बढी मेहनत गरेर प्रत्येक महिना रकम छुट्याउन सकिने प्रावधानलाई २ वटा उदाहरणका रूपमा लिन सकिन्छ ।

- यसले गर्दा आजको भोलि नगद जम्मा गरेर खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन पाउँदैन जुन कुरा हाम्रो दैनिकीको लागि एकदमै झन्झटिलो हुन सक्छ ।

- आफूलाई र आफ्नो परिवारमा आगामी महिना वा वर्षमा कुन कुन वस्तु तथा सेवा सदुपयोग गरेर परिवारको सदस्यको आवश्यकता र चाहना पूरा गर्न सकिन्छ भनेर सूची बनाई छलफल गर्ने गर्नुपर्छ ।

- सूची तयार गरेपछि प्रत्येक वस्तु तथा सेवाको अनुमानित रकम लेख्नुपर्छ । उक्त रकम जम्मा गर्न परिवारका सबै सदस्यले कसरी योगदान पु¥याउन सकिन्छ भनेर छलफल गर्नुपर्छ ।

- चर्को ब्याजमा पैसा लिएर कहिले पनि लक्ष्य पूरा गर्नतिर लाग्नु हुँदैन । यसले दीर्घकालीन रूपमा सधैंँ ब्याज र किस्ता तिर्न बाध्य पार्दछ । लक्ष्य परिपूर्ति भए पनि मनमा शान्ति हुँदैन ।

- आफ्नो लक्ष्य अनुसार पैसा खर्च भएको छ या छैन भनी हप्ता, दस दिनमा आफूले सूची बनाएको आम्दानी र खर्चको तालिका दाँज्ने गर्नाले अनुशासित भइन्छ ।

- सबैभन्दा राम्रो, प्रत्येक वित्तीय लक्ष्य पूरा गर्दैगर्दा आइपर्ने सहजता र चुनौती के के हुन सक्छन् भनेर परिवारका सबै सदस्यसँग छलफल गर्नुपर्छ । यसबाट उत्तरदायित्व वहन गर्न सक्ने क्षमता बढ्छ ।

- एउटा कुनै लक्ष्य पूरा भएन भनेर दिक्दारी मान्नुभन्दा अर्को लक्ष्यसम्म कसरी पुग्न सकिन्छ भनेर आफ्नो जाँगर र आँट बढाउनु उपयुक्त हुन्छ ।

______________________________________

Note: तपाईले आफ्नो खर्च (Expenses) र आम्दानी (Income) व्यवस्थापनको लागि Financial Notices मोबाईल एप्स Android App or iOS App मा रहेको “Finance Tracker” को मद्दत लिन सक्नु हुनेछ ।

Read More
  • MBL