बैंकिङ कसुरको पुर्पक्षमा धरौटी वा थुना ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकिङ कसुरको पुर्पक्षमा धरौटी वा थुना ?

बैंकिङ कसूर एउटा श्वेत अपराध हो । सामान्यतया बैंकिङ संस्थाबाट लिइने कर्जा तथा सुविधाको दुरुपयोग गर्ने वा बैंकको निक्षेप वा नगद हिनामिना गरी फौजदारी दायित्व हुने कसूर वा अपराधलाई बैंकिङ कसूर भनिन्छ । अनियमित तवरबाट प्रवाह भएको कर्जाको विषय बैंकिङ कसूरको विषय हो । बैंकबाट कर्जा असुलीका लागि बैंक तथा वित्तीय संस्थाको ऋण असुली न्यायाधिकरण मुद्दा दायर गरेको अवस्थामा सोही ऋणसँग सम्बद्ध विषयमा बैंकिङ कसूरको अनुसन्धानको विषय बनाई थुनामा राखेको सम्बन्धमा बन्दीप्रत्यक्षीकरणका माध्यमबाट अदालतमा प्रवेश गरेको पाइन्छ ।

त्यस्तै लेनदेनमा चेक दिइएको विषयमा चेक अनादरको विषयको मुलुकी ऐन ठगी, वा बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गत थुनामा राखी अनुसन्धान गर्न पाउने हो वा होइन भन्ने विषय पटकपटक उठ्ने गरेको छ । बैंकिङ कसूरका सम्बन्धमा आरोपी प्रतिवादीबाट बिगो नगदै जम्मा गर्न लगाउने र जरीवाना तथा कैद हकमा जेथाजमानी वा बैंक जमानत वा नगद धरौटी तिर्न बुझाउन नसकेमा मात्र प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने सम्बन्धमा सर्वोच्च अदालतबाट संयुक्त इजलाश र तत्पश्चात् पूर्ण इजलाशबाट आदेश भएको छ । यी आदेशको विवेचना गर्नु सान्दर्भिक छ ।

Read More
  • MBL - below news