एनआईसीमा हालसम्म कै सस्तो ब्याजमा शेयर कर्जा, १५ करोडसम्म पाइने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसीमा हालसम्म कै सस्तो ब्याजमा शेयर कर्जा, १५ करोडसम्म पाइने

एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले  वार्षिक ७.७५ प्रतिशत  मै शेयर धितो कर्जा प्रदान गर्ने जनाएको हो  । बैंकले यो नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदरको कर्जा भएको दाबी गरेको छ।  

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यस योजना अन्तर्गत न्यूनतम १ करोड देखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सकिने र ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । ...

Read More
  • MBL - below news