राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकल Rastriya Banijya Bank  ले सिन्धुलीको कमलामाई नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र नगरपालिकाबीच कर्जा सम्बन्धमा आईतबार भएको सम्झौता संगै उद्यमीहरुले सहुलियतपूर्ण कर्जा पाउने भएका हुन् । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौतामा नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने उल्लेख भएको छ ।

Read More
  • MBL - below news