कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, KYC Update गर्ने , चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाट यो नवीनतम् प्रविधिमा आधारित KSBBL Social Media Banking Platform को शुभारम्भ गर्नुभएको हो ।








