भिजाले सुरु गर्यो 'भुक्तानी सुरक्षा रोडम्याप'


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भिजाले सुरु गर्यो 'भुक्तानी सुरक्षा रोडम्याप'

भुक्तानी प्रविधी कम्पनी भिजाले नेपालका लागि २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरु गरेको छ। जसले नेपालमा भुक्तानी सुरक्षाको दिशानिर्देशित गर्न सहयोग पुग्ने बताइएको छ।

भिजा सुरक्षा रोडम्याप (द रोडम्याप) सुरु गर्दै एसिया प्यासिफिकका जोखिम प्रमुख जो कनिङ्गहमले डिजिटल माध्यमबाट भुक्तानी सजिलो छिटो र सुरक्षित हुने बताए।

‘भुक्तानी सुरक्षा’ भिजाको प्राथमिकता छ। जसले सम्बन्धित संस्थाका लागि डिजिटल भुक्तानीमा दीर्घकालीन विश्वास बनाउँछ। आउँदा वर्षमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै पनि जान्छ।’, उनले भने।

नेपालको लागि सुरक्षा रोडम्यापले सम्बन्धित संस्थालाई विश्वव्यापी मापदण्डहरू र अभ्यासहरू पूरा गर्न मद्दत पुग्ने उनले बताए।
भिजाले आर्टिफिशियल इंटेलिजेन्स (एआई) प्रयोग गरेर वार्षिक २५ अर्ब अमेरिकी डलरको ठगी रोकेको छ।

जसले विश्वव्यापी भुक्तानी इकोसिस्टमलाई, खुद्राविक्रेता र उपभोक्तालाई सुरक्षित बनाएको कम्पनीको दाबी छ। साथै विश्वव्यापी ठगी दरहरू०.१ प्रतिशत भन्दा कम राखेको छ।

...

Read More