कामना सेवाको सबै सेवा अनलाईनबाटै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवाको सबै सेवा अनलाईनबाटै

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  का ग्राहकले सामाजिक सञ्जालको माध्यमद्वारा विभिन्न बैंकिङ्ग कार्यहरु गर्न सक्ने भएका छन् । बैंकले सञ्चालनमा ल्याएको ‘केएसबीबीएल सोसीएल मिडिया बैंकिङ्ग प्लेटफर्म’ अन्तर्गत ग्राहकले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जरद्वारा विभिन्न बैंकिङ्ग कार्याहरु गर्नसक्ने भएका हुन् ।

बैंकका अनुसार प्लेटफर्म मार्फत ग्राहकले खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने,  स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका हुन् । बैंकका अध्यक्ष सुदिप आचार्यले फेसबुक लाईभका माध्यमबाट शुक्रबार उक्त प्लेटफर्मको शुभारम्भ गरेका हुन् । आचार्यका अनुसार भाईबरको माध्यमबाट सुविधाहरु प्राप्त गर्न ग्राहकले क्वीआर कोर्ड स्क्यान गरेर र फेसबुकको माध्यमबाट बैंकको फेसबुक पेजमा मेसेज पठाउनु पर्ने हुन्छ ।

Read More
  • MBL - below news