बिहानदेखि कारोबार हुन नपाएपछि नेप्सेले समय बढाएर ५ बजेसम्म पुर्याएको थियो
काठमाडौँ — दोस्रो बजारमा लगानीकर्ताले बिहीबार पनि सहज रूपमा कारोबार गर्न पाएनन् । नेप्सेको कारोबार प्रणालीमा समस्या भएपछि दिउँसो सवा २ बजेसम्म लगानीकर्ताले सेयर किनबेच गर्न पाएनन् । धितोपत्र ब्रोकरमार्फत भएका खरिदबिक्री अर्डर नेप्सेको मुख्य कारोबार प्रणाली (म्याचिङ सिस्टम) मा पुर्याउने सिस्टम टीएमएसमा समस्या भएपछि निर्धारित समयमा लगानीकर्ताले सेयर किनबेच गर्न नपाएका हुन् ।
‘बिहान बजार खुल्दादेखि नै केही समस्या देखिएको थियो,’ एक ब्रोकरले भने, ‘सुरुमा केही ब्रोकरको मात्र अर्डर प्लेसमेन्ट भएको थिएन । त्यसको १०/१५ मिनेटपछि त कुनै पनि अर्डर प्लेसमेन्ट हुन सकेन ।’ त्यसपछि नेप्सेले सूचना निकालेर कारोबार बन्द गरेको थियो । समस्या समाधान भएको भन्दै सवा २ बाट पुनः बजार खुला गर्यो । बजार खुलेपछि पनि १०/१५ मिनेट सिस्टमले काम गरेन, त्यसपछि भने नियमित रुपमा कारोबार भयो । बिहानदेखि कारोबार हुन नपाएपछि नेप्सेले समय बढाएर ५ बजेसम्म पुर्याएको थियो । ...




