कोरोना संक्रमणका कारण नबिल बैंकका कर्मचारीको मृत्यु !


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोना संक्रमणका कारण नबिल बैंकका कर्मचारीको मृत्यु !

बैंकिङ क्षेत्रमा कोरोनाको त्रास बढिरहेका बेला कोरोना संक्रमणकै कारण बैंकमा कार्यरत एक कर्मचारीको निधन भएको पुष्टी भएको छ । नबिल बैंक लिमिटेडको पोखरास्थित सभागृह शाखामा कार्यरत सुरक्षा गार्डको कोरोनाकै कारण मृत्यु भएको पुष्टी भएको हो ।

बिरामी भएपछी अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । तर उनको मृत्युको कारण कोरोना संक्रमण नै हो वा होइन भन्ने तथ्य भन्ने पुष्टी भएको थिएन । अन्तत: उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको पुष्टी भएको छ । अहिले उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा पठाइएको छ । केहिको कोरोना टेष्ट नेगेटिभसमेत आइसकेको छ ।

तर कोरोनाकै कारण निधन भएको पुष्टी भएपनि उनको स्वास्थ्यमा केहि अघिदेखि नै समस्या रहेको उनी निकटहरु बताउँछन् । 'पहिलादेखि नै स्वास्थ्यमा समस्या थियो, पीसीआर टेष्ट भएपछी नतिजा पोजेटिभ आयो । ...

Read More