विश्वमा कोभिड–१९ को महामारी सुरु भएपछि ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढेर गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाउँदो क्रममा छ । अझ यो कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता अझ बढ्दो क्रममा छ । करिब १ सयभन्दा बढी अनलाइनले सेवा प्रदान गरिरहेको बताइन्छ ।





