सरकारले देशभरका सबै स्थानीय तहका लागि आवश्यक सेवा सुविधा दिनका लागि एउटै मोबाइल एप्लीकेशन ल्याएको छ।
७५३ स्थानीय तहका लागि प्रयोग हुने एउटा टेम्पलेटमा निर्माण गरिएको मोबाइल एप्लीकेशन ल्याइएको छ। हालसम्म यो एप ४३३ तहले प्रयोगमा ल्याएको सूचना प्रविधि विभागले जानकारी दिएको छ।
यो एप्लीकेशन प्रयोग गरेर नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरु, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरुको विवरण, महत्वपुर्ण स्थानहरु आपतकालिन नम्बर, सुझाब तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद लगायत अन्य सुचना तथा जानकारी सजिलै प्राप्त गर्नुका साथै यस एपबाट हाल फैलिएको कोभिड १९ महामारीका सूचना समेत पाउने छन्।
...





