बैंकिङ क्षेत्रले निशुल्क दिने सेवाहरु के के हुन् ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकिङ क्षेत्रले निशुल्क दिने सेवाहरु के के हुन् ?

बैंकहरुले कुन कुन सेवा संचालन गर्दा शुल्क लाग्दैन ? वा कुन कुन सेवामा शुल्क लाग्छ ? यी कुरा थाहा हुन जरुरी छ । हाल शेवा शुल्कमा नेपाल राष्ट्र बैंकले भारी कटौती गरिदिएको छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले विभिन्न शिर्षकमा शेवा शुल्क तिर्दै आएका थिए । बैंकहरुले सेवाशुल्क बढी काट्ने गरेको गुनासाहरु आएपछि हाल राष्ट्र बैंकले सेवा शुल्क कटौती गरेको हो । राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट लिने शेवा शुल्कमा शिर्षक तोकिदिएको हो । निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, चेकको स्टक पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइने छैन ।

तथापी ग्राहकले कुनै पनि मितिको बैंक स्टेटमेन्ट एक पटकभन्दा बढी लिएमा सो को न्यूनतम शुल्क लाग्ने छ । त्यसका साथै एटीएमबाट रकम निकाल्दा वा एउटा बैंकको रकम अर्को बैंकको एटीएमबाट निकाल्दा पनि शुल्क लिन नपाईने व्यबस्था छ । एटीएम बाट कारोबार गर्दा कुनै पनि बैंकको एटीएम कार्ड अर्कोबाट प्रयोग गर्दा शुल्क लिन पाइने छैन । त्यसैगरी बैंक वित्तले कर्जा सम्बन्धमा कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क र प्रतिवद्धता शुल्क लिन पाउने छन् । यसबाहेकका अन्य कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । कर्जा स्वीकृत गर्दा सेवा शुल्कवापत वाणिज्य स्तरका बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकहरुले बढीमा १ प्रतिशत र फाइनान्स कम्पनीहरुले बढीमा १.२५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने छन् ।

Read More
  • MBL - below news