लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगोनेष्टिक बीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगोनेष्टिक बीच सम्झौता

काठमाण्डौ । लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरी प्रा. लि. सँग बैंकका कर्मचारी एवम् निजका आश्रित परिवार सदस्यहरु, डेबिट कार्डबाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई नोबेल कोरोना भाइरस जाँचको लागि पीसीआर परीक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १०% देखी २५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी, काठमाडौ स्थित मुख्य कार्यालय तथा बिरगन्ज मा अवस्थित शाखा कार्यालय नारायणी सेन्ट्रल ल्याब प्रा. लि.बाट समेत प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी  र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरे । ...

Read More
  • MBL - below news