काेरोनाको डरले मानिस एटिएम छिर्नै छाडे, डिजिटल भुक्तानी ह्वात्तै घट्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
काेरोनाको डरले मानिस एटिएम छिर्नै छाडे, डिजिटल भुक्तानी ह्वात्तै घट्यो

सरकारले एका एक अनलाइन सेवा प्रदायकलाई कारबाही गर्न थालेपछि डिजिटल भुक्तानी ह्वात्तै घटेको छ। उता एटिएम बुथमा अनिवार्य स्यानिटाइजर राख्नु पर्ने प्रावधान आएपछि डिजिटल भुक्तानी थप प्रभावित भएको छ।

अलि अलि चलायमान रहेको डिजिटल भुक्तानी पछिल्लो निषेधाज्ञामा ७० प्रतिशतले घटेको छ। पछिल्लो समय बैंक वित्तीय संस्थाले गर्ने डिजिटल भुक्तानी ७० प्रतिशतले घटेको हो। यति बेला निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल छैन। मानिसहरूको चहलपहल नभएपछि डिजिटल भुक्तानी खुम्चिएको हो।

बैंक तथा वित्तीय संस्थामार्फत तीन किसिमका डिजिटल भुक्तानी बढी हुने गर्छ। जसमा एटिएम भुक्तानी, अनलाइन भुक्तानी र पल्स भुक्तानी रहने गर्छन्। 

एटिएमबाट पैसा झिक्न मानिस आफै एटिएम बुथसम्म भौतिक रूपमै उपस्थित हुनुपर्छ। निषेधाज्ञाका कारण मानिसहरू यति बेला घरबाट बाहिर निस्किएका छैनन्। घरबाट बाहिर ननिस्किएको कारण एटिएम भुक्तानीमा कमी आएको बताइएको छ। कोभिडको संक्रमणकाे डरले पनि एटिएम भुक्तानीमा कमी आउन सहयोग गरेको छ। पछिल्लो समय एटिएम बुथमा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरिएको छ। एक किसिमले मानिसहरूलाई संक्रमणबाट जोगाउन यो व्यवस्था गरिएको हो। तर, सर्वसाधारण नेपालीले भने यसलाई गलत व्याख्या गर्न थालेका छन्। उनीहरूले एटिएमबाट पैसा झिक्दा त्यही पैसाबाट कोरोना सर्ने बुझ्न थालेका छन्। जुन डरले मानिसहरू पछिल्लो समय एटिएमबाट पैसा झिक्नै डराउन थालेका छन्।

Read More