चार भुक्तानी सेवा प्रदायक थपिँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चार भुक्तानी सेवा प्रदायक थपिँदै

काठमाडौं । कोरोना महामारीका कारण डिजिटल कारोबार बढिरहेको बेला चारओटा भुक्तानी सेवा प्रदायक संस्था थपिने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकम अन्तर्गत नेपाल डिजिटल पेमेन्ट कम्पनी, बुद्ध लाइट इन्टरनेशनल प्रालि, आई क्यास प्रालि र छिटोपैसा प्रालिले ई–मनी (वालेट) जस्ता विद्युतीय कारोबार सञ्चालनका लागि सैद्धान्तिक सहमतिपत्र (आशयपत्र) दिइसकेको छ । यीसँगै अब बजारमा १८ ओटा भुक्तानी सेवा प्रदायक कम्पनीले कारोबार गर्नेछन् । तर, गत साउनदेखि भने यस्ता भुक्तानी सेवा प्रदायक संस्थालाई अनुमति दिन स्थगित भएको छ ।

चार नयाँ कम्पनीलाई साउनमै आशयपत्र दिइसकिएको राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । ती कम्पनीले कारोबार सञ्चालनको कार्यालय, कर्मचारी, सफ्टवेयर लगायत आवश्यक पूर्वाधारको व्यवस्था गरेर आएपछि सञ्चालनको अन्तिम स्वीकृति दिइने उनले जानकारी दिए । ‘नीतिगत रूपमा आशयपत्र दिएको ६ महीनाभित्र पूर्व तयारीसहित अन्तिम स्वीकृतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । यसपछि आवश्यक अध्ययन गरेर ३० दिनभित्र सेवा सञ्चालनको अन्तिम स्वीकृति दिनेछौं । त्यसपछि उनीहरूले सेवा सञ्चालन गर्न पाउनेछन्,’ उनले भने, ‘तर कोरोना महामारीका कारण तयारीमा ढिलाइ हुन सक्छ । त्यसैले ढिला आए पनि सञ्चालन स्वीकृति दिने पक्षमा छौं ।’ ...

Read More