मेरो शेयरमा माई पोर्टफोलियो सुविधा सुचारु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेरो शेयरमा माई पोर्टफोलियो सुविधा सुचारु

सिडीएस एण्ड क्लियरिङले प्राविधिक समस्याका कारण बन्द रहेको मेरो शेयरको माई पोर्टफोलियो सुविधा सुचारु गरेको छ। सिडीएस एण्ड क्लियरिङले आज शुक्रबारदेखि उक्त सुविधा सुचारु गरेको हो।

प्राविधिक समस्या देखिएको भन्दै सिडीएससीले उक्त सुविधा बुधबारदेखि बन्द गरेको थियो। त्यसपछि लगानीर्ताहरुले मेरो शेयरको माई पोर्टफोलियोमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ मूल्य जस्ता सुविधा प्राप्त गर्न सकेको थिएन।

अब मेरोशेयर प्रयोगकर्ताहरुले माई पोर्टफोलियोमा हुने सुविधा नियमित रुपमा प्राप्त गर्न सकिने  सिडीएससीले जनाएकाे छ।

Read More