‘साइबर क्राइम बीमामा राष्ट्र बैंकले साथ दिन्छ’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘साइबर क्राइम बीमामा राष्ट्र बैंकले साथ दिन्छ’

अहिलेको कारोना महामारी र त्यसपछि समेत हाम्रो बैकिङ क्षेत्रलाई साइबर सेक्युरिटी सम्बन्धि विषय अत्यन्तै महत्वपूर्ण छ । यदि कुनै पनि संस्थालाई बलियो संस्था भन्ने हो भने त्यो सम्पूर्ण रुपले बलियो हुनुपर्छ । त्यो प्रविधिको हिसावले, संरचनाको हिसावले अनि सबै खालको सुरक्षाको हिसावले । विश्वभर नै विशेष गरी सन् १९९० पछि अत्याधिक विकास गर्ने मुलुकहरूले प्रयोग गरेको विकासको आधार भनेकै संस्थागत विकास र प्रविधिको प्रयोग हो । 

अर्थशास्त्रको प्राविधिक भाषामा टोटल फ्याक्टर प्रडक्टिभिटी भनिने यो विकासलाई प्रविधिले नै अगाडि बढाउँछ । जब प्रविधिको कुरा आउँछ, त्यहाँ जोखिमको कुरा सँगसँगै आउँछ । एउटा अध्ययनले के देखाएको छ भने ग्लोबल इकोनोमीमा साइबर क्राइमका कारण १.५ ट्रिलियन डलरको क्षति भएको छ । अहिले त्यो झन बढ्दो रुपमा छ । 

हामीले बैंक तथा वित्तीय संस्थाहरूलाई अझ बढी चनासो हुनुस् भनिरहेका छौं । २०६८ सालमा हामीले एउटा निर्देशिका जारी गरी सकेका थियौ । गत वर्ष केही घटनाहरू देखिएपछि सेक्युरिटी अडिटलाई अझ बढी प्राथमिकतामा राखेर काम गर्नुस् भनेका छौं । त्यसो त बैंक वित्तीय संस्थाहरू पनि आफै चनासो भएर लाग्नु भएको छ । 

Read More