नेटवर्किङको ठगी लुकाउन हतारहतार सेयर नामसारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेटवर्किङको ठगी लुकाउन हतारहतार सेयर नामसारी

काठमाडौँ — वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ कारोबार गरिरहेको खुलेपछि नेचर हर्ब्स इन्टरनेसनल प्रालिको सेयर रातारात नामसारी गरेको पाइएको छ । नेचर हर्ब्स इन्टरनेसनल प्रालिका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी राई) ले इजाजत नलिई गरेको अवैध धन्दा लुकाउन सेयर नामसारी गरेका हुन् । राईले नेचर हर्ब्सको सेयर कम्पनी दर्ताका बेला साक्षी बसेका कुमार रम्तेललाई बिक्री गरेको पाइएको छ । उनले रामबहादुर खनाललाई पनि कम्पनीको आफ्नो सेयर बेचेका छन् ।

नेटवर्किङको ठगी लुकाउन रातारात सेयर बिक्री भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले दाबी गरे । ‘वाणिज्य विभागबाट इजाजत लिनुअघि व्यापक अवैध कारोबार गरेको सार्वजनिक भइसकेको छ । निषेधित नेटवर्किङ व्यवसाय गरेको खुलासा भएपछि बच्न सेयर बिक्री गरेको देखिन्छ,’ कानुन व्यवसायीसमेत रहेका उनले भने, ‘आफू सुरक्षित हुन र अपराध लुकाउने नियत देखिन्छ । सेयर नामसारी गर्दैमा उन्मुक्ति दिनुहुँदैन, सबै छानबिन गर्नुपर्छ ।’

Read More