विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क सम्झौता गरेर लिनु पर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क सम्झौता गरेर लिनु पर्ने

बैंक तथा वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा ग्रहकसँग लिने शुल्क सम्झौता गरेर मात्र लिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले पेमेन्ट तथा सेलमेन्टको एकीकृत निर्देशिका जारी गर्दै कार्डको अवधि समाप्त भएको १५ दिन अघि नै शुल्कसहितको जानकारी दिनु पर्ने व्यवस्था गरेको हो ।
बैंक वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नु निर्देशनमा उल्लेख छ । तर, त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइने छैन । साथै, कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्नेछ । कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्ने व्यवस्था निर्देशनमा उल्लेख छ ।

त्यसैगरी एकीकृत निर्देशन अनुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन । कोरोना संक्रमणको महामारी सुरु भएपछि केन्द्रीय बैंकले निर्देशन दिँदै अन्तर बैंक एटिएम कारोबार निःशुल्क गरेको थियो । तर, सो व्यवस्थालाई एकीकृत निर्देशमा समावेश गरेर आगामी दिनमा पनि अन्तर बैंक एटिएम कारोबार निःशुल्क गर्न भनेको हो ।

एटिएम कारोबार सम्बन्धमा तत्काल कुनै जानकारी÷सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा एटिएम भित्र लेख्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रिपेड कार्ड जारी गर्दाप्रति ग्राहक अधिकतम एक लाख र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले अधिकतम पच्चिस हजारसम्मको कार्ड जारी गर्न सक्नेछन् । बंैक तथा वित्तीय संस्थाहरूले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको नगद झिक्ने सीमा घटाउन सक्नेछन् ।

Read More