हुँदै छ नेपालमा डिजिटल डिस्रप्शन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हुँदै छ नेपालमा डिजिटल डिस्रप्शन

डिजिटल डिस्रप्शन आजभोलि नवप्रवर्तन उद्यम तथा प्रविधिमैत्री व्यवसायमा लागेका नयाँ पुस्ताका उद्यमीहरूमाझ धेरै सुनिने शब्द हो । डिजिटल डिस्रप्शनको नेपाली अर्थ के हुन सक्छ ? डिजिटल विस्फोटन, डिजिटल व्यवधान वा डिजिटल विघटन ? यसको ठेट नेपाली अर्थ विस्तारै आउला । किनकि यो शब्द र अवधारणा हामी सबैका लागि नौलो नै हो । तर नेपालमा त्यो दिन टाढा छैन, जब डिजिटल डिस्रप्शनले हाम्रो जीवनशैली, व्यवसाय, समाजलाई ठूलै प्रभाव पार्नेछ । केही हदसम्म त सहरी क्षेत्रमा यो शुरू भइसक्यो पनि ।

डिजिटल डिस्रप्शन मूलतः नयाँ प्रविधि र इन्टरनेटका माध्यमबाट अहिले भइरहेको वस्तु तथा सेवाको व्यापारिक मोडलमा हुने परिवर्तन नै हो । जब हाल चलिरहेको व्यवसायको ५० प्रतिशतभन्दा बढी आम्दानी नयाँ प्रविधि तथा इन्टरनेटको सहयोगको माध्यमबाट हुन थाल्छ, तब त्यो व्यवसाय तथा क्षेत्रमा डिजिटल डिस्रप्शन भएको मानिन्छ ।

Read More