साइबर सेक्युरिटीमा मोबाइल र इन्टरनेट सेवा प्रदायकलाई कस्दै दूरसञ्चार प्राधिकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साइबर सेक्युरिटीमा मोबाइल र इन्टरनेट सेवा प्रदायकलाई कस्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरुलाई जिम्मेवार बनाउन नयाँ विनियमावली जारी गरेको छ।

विनियमावलीले सेवा प्रदायकहरुले ग्राहकहरुको डेटा सुरक्षा गर्नुपर्ने प्रावधान गरेको छ। त्यस्तै साइबर हमला भएको अवस्थामा दूरसञ्चार प्राधिकरणलाई सूचना दिनुपर्ने तथा भाइरस आक्रमण निस्तेज बनाउन भूमिका खेल्नुपर्ने प्रावधान गरेको छ।

‘पछिल्लो समय नेपालमा साइबर थ्रेट बढेको छ’, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सेतोपाटीसँग भने, ‘हामीले अब पनि वेपरबाह हुने छुट छैन। त्यसैले सेवा प्रदायकहरुलाई ग्राहकको गोपनीयता कायम गर्न र समय समयमा सेक्युरिटी अडिट गर्नैपर्ने प्रावधान गरेका हौँ।'

खनालले साइबर सेक्युरिटी ठूलो प्राविधिक विषय भएपनि अहिलेका लागि प्रतिरोधात्मक व्यवस्था गर्न विनियमावली जारी गरिएको बताए।

साइबर सेक्युरिटी सम्बन्धि कम्पनी ‘थ्रेट निक्स’का सुयस नेपालले सरकारले विनियमावली जारी गरेपनि कतिपय विषय स्पष्ट नभएको बताए।

‘डेटा सुरक्षाको जिम्मेवारी इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई दिइएको छ तर डेटा दुरुपयोग गर्नेलाई कारवाहीको प्रवाधान छैन’, नेपालले भने, ‘नियमावलीले सेक्युरिटी अडिट गर्नुपर्ने भनेपनि कति समयमा गर्नुपर्ने, कस्तो मापदण्डको सुरक्षा दिनुपर्ने तय नगरेकाले कार्यान्वयनमा जटिल रहेको बताए।‘ ...

Read More