सिडीएस एण्ड क्लियारिङले शेयर लगानीकर्ताको सुविधाको लागि 'मेरोशेयर' नामको प्रडक्ट संचालनमा ल्याएको छ। यस मार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्न, आईपिओ, हकप्रदमा आवेदन दिन, शेयर बिक्रिपछि डीआईएस ट्रान्सफर गर्न, शेयरको पछिल्लो मूल्य अनुसार पोर्टफोलियोको आकार हेर्न, भारित औसत लाभकरको विवरण प्रविष्ट गर्ने लगायतक सुविधा प्रयोग गर्दै आएका छन् ।
मेरोशेयरमा एउटा यस्तो फिचर छ, जुन जो कोहिलाई थाहा नहुन सक्छ । यो फिचर मेरोशेयरमा लगईन गरेर खोलिसकेपछि देब्रेतिर रहेको पोर्टफोलियो भन्ने मेनुमा रहेको छ ।
मेरोशेयरको पोर्टफोलियो खोल्दा ७ वटा कोलम देखिन्छ, जसमा पहिलो कोलम सिरियल नम्बर हो । दोस्रो कोलममा कम्पनीको सिम्बल अर्थात् संकेत नम्बर, तेस्रोमा शेयर संख्या, चौथोमा अघिल्लो दिनको कारोबारको अन्त्यमा कायम मूल्य, पाचौमा अघिल्लो दिनको कारोबारको अन्त्यमा कायम मूल्यको आधारमा शेयरको कुल भ्यालु, छैठौमा अन्तिम कारोबार मूल्य र सातौ कोलममा अन्तिम कारोबार मूल्यको आधारमा शेयरको कुल भ्यालु रहेको हुन्छ ।
सुरुमा पोर्टफोलियो खोल्दा अंग्रेजी वर्णानुक्रम अनुसार कम्पनीको सुची देखिन्छ । अर्थात् पहिले A बाट सिम्बल आउने कम्पनीको सुची देखिन्छ । कम्पनीको नाम रहेको कोलमको माथि script लेखिएको ठाउँमा एकपटक क्लिक गर्दा कम्पनीको सुची उल्टो अंग्रेजी वर्णानुक्रम अनुसार देखिन्छ । हाल नेपाल स्टक एक्सचेन्ज नेप्सेमा Y बाट सुरु हुने कम्पनीको सिम्बलसम्म छ । ...




