ईकमर्स कम्पनीको होम डेलिभरी सेवा आजदेखि सुरु, अत्यावश्यक वस्तुहरुको मात्रै डेलिभरी हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ईकमर्स कम्पनीको होम डेलिभरी सेवा आजदेखि सुरु, अत्यावश्यक वस्तुहरुको मात्रै डेलिभरी हुने

ईकमर्स सेवा प्रदायकहरुले अत्यावश्यक वस्तुहरुको होम डेलिभरी आजदेखि गर्ने भएका छन् । ईकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा आजदेखि सुरु हुने जानकारी दिएको हो । 

यसअघि प्रहरीले होम डेलिभरी गरिरहेका ईकमर्श कम्पनीका सञ्चालक तथा डेलिभरीकर्तालाई नियन्त्रणमा लिएर निषेधाज्ञा अवधिभर सेवा सञ्चालन गर्न नपाउने शर्त सहित छाडेको थियो । 

उक्त विज्ञप्तीमा भनिएको छ, ‘यस विज्ञप्तीको आधारमा सञ्चालन गरिने अत्यावश्यक वस्तुहरुको होम डेलिभरी गर्ने प्रकृयामा अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको विक्रि वितरण गर्ने कार्य नगरिदिनुहुन सबै इकमर्श व्यवसायीहरुलाई हार्दिक अपिल गर्दै, जिल्ला प्रशासन कार्यालयको भदौ १० गतेको निषेधाज्ञा विपरित हुने अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको होम डेलिभरी हुन नदिई बास्तवमा नै सर्वसाधारणका आवश्यकताहरु सहज, सुलभ र सुरक्षित तरिकाले परिपूर्ती गर्ने यस फोरम प्रतिबद्ध रहेको छ ।’

‘त्यसरी अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको होम डेलिभरी गर्ने कार्य कुनै ईकमर्श संचालकले गरेको पाइएमा सोको जवाफदेहिता सोही ईकमर्शका संचालकहरुले नै व्यहोर्नुपर्नेछ र यस फोरमले त्यस्तो कार्यको संरक्षण वा प्रतिरक्षा नगर्ने व्यहोरा समेत सम्बन्धित निकायहरुमा जानकारी गराउँदछौँ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 

Read More