छिल्लो समय निर्जीवन बीमा कम्पनीहरुमा लगानीकर्ताहरु आकर्षित भएसँगै कम्पनीहरुको शेयरमूल्य नयाँ उचाइमा पुगेका छन्। यसको एउटा उदाहरण बनेको छ नेपाल इन्स्योरेन्स।
भदौ १५ गते सोमबार नेपाल इन्स्योरेन्सको एड्जस्टेड प्राइस लाइफटाइम हाई विन्दुमा पुगेको छ। यस दिन इन्स्योरेन्सको शेयरमूल्य २४ रुपैयाँ बढेर ५५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यद्यपि यस दिन इन्स्योरेन्सको शेयर ५६९ रुपैयासम्म कारोबार भएको थियो।
इन्स्योरेन्सको आईपीओ होल्ड गरिरहेका लगानीकर्ताहरुका लागि यो लाइफटाइम हाई प्राइस हो। अर्थात कम्पनीले वितरण गरेको लाभांश तथा हकप्रद समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य यो उचाईमा पुगेको हो। यस अघि इन्स्योरेन्सको लाइफटाइम हाई एड्जस्टेड प्राइस ५१० रुपैयाँ थियो। इन्स्योरेन्सको शेयरमूल्य सोभन्दा माथि पुगेको थियो।








