‘कानुनी सुधारबाटै आर्थिक विकास’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘कानुनी सुधारबाटै आर्थिक विकास’

काठमाडौं । कानुनमा गरिने सुधारबाटै आर्थिक विकास गर्न सकिनेमा जोड दिइएको छ । आर्थिक विकासमा कानुनको भूमिका महत्त्वपूर्ण हुने तर कानुन कुनै विदेशी संघ-संस्थाबाट निर्देशितभन्दा पनि आफ्नो आवश्यकताअनुसार बनाउनुपर्नेछ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आइतबार वेबिनारमार्फत गरेको ‘सेजन अर्थनीति बहस’ अन्तर्गत कानुनमा अर्थतन्त्र विषयक छलफलमा अधिवक्ता सेमन्त दाहालले अर्थतन्त्रलाई चलायमान बनाउन कानुनको भूमिका महत्त्वपूर्ण हुने बताए । कानुन सुधारबाट विकासको सम्भावना रहेको भन्‍ने सोच हाम्रोमा पनि अगाडि बढिरहेको उनले बताए ।

विगत लामो समयसम्म कानुनलाई अर्थतन्त्रसँग जोडेर नहेरिने गरिए पनि पछिल्ला वर्षमा भने अर्थतन्त्रलाई कानुनसँग जोडेर हेर्न थालिएको उनको भनाइ छ । विशेषगरी संयुक्त राष्ट्रसंघले व्यापारसँग कानुनलाई जोडेर हेर्न थालेपछि यसको महत्त्वलाई विश्व समुदायले विस्तारै बुझ्दै गए । नेपालले पनि अर्थतन्त्रका विषयवस्तुलाई कानुनसँग जोडेर हेर्न थाले पनि अर्थतन्त्रसँग सम्बन्धित कानुन विदेशी संघ-संस्थाबाट निर्देशित भएर र विदेशीले बनाएजस्तै गरी बनाइएको उनको भनाइ । तर, विदेशी संघ-संस्थाले बनाएका कानुनलाई उदाहरणका रुपमा लिँदै आफ्नो आवश्यकताअनुसार कानुन बनाउनु उपयुक्त हुने उनको सुझाव छ । “बाहिरबाट प्रोत्साहित वा दबाबमा परेर कानुन बनाउन हुँदैन भन्ने कुरा हामीले बुझ्नुपर्छ,” उनले भने ।  ...

Read More
  • MBL - below news