अब सामसङको फोन किन्दा एनएमबी बैंकले इएमआई कर्जा दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब सामसङको फोन किन्दा एनएमबी बैंकले इएमआई कर्जा दिने

एनएमबी बैंक लिमिटेड र आइएमएसबीच सामसङको फोन किन्दा इएमआई कर्जा दिने विषयमा समझदारी भएको छ।

द्विपक्षिय समझदारी पत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका हुन्।

यसअन्तर्गत एनएमबीका ग्राहकले सामसङ मोबाईलको आधिकारिक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरु किन्दा ९ महिनासम्मको सरल किस्तामा समानहरु किन्न सक्छन्। हाल एनएमबी बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटिएमहरुमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ।

Read More
  • MBL - below news