पोखरामा कोरोना संक्रमणबाट एकजा बैंकका कर्मचारीको मृत्यु भएको छ । कोरोनाको कारण नबिल बैंकमा कार्यरत सुरक्षागार्डको मृत्यु भएको हो । उनी नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत पुरुष हुन् । उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको बतायएको छ । पछिल्लो समय विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । हालसम्म करिव दुईसय बढी बेंकवित्तमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमै नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ । त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकका विभिन्न शाखामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय दुइदर्जन बैंकवित्तमा गरी थप ३७ जनामा कोरोना देखिएको छ ।
...




