काठमाडौं । हाल विश्व Covid 19 को महामारीले आक्रन्तछ ।यस परिप्रेक्षमा जनताको आवश्यकताहरु पुरा गर्न सरकारको लागि कम चुनौती पुर्ण छैन । केही युवा उद्यमीहरुले आफ्नो आधुनिक ज्ञान र सीपलाई सदुपयोग गर्दै सानो पँुजीबाट उद्यमशिलताको विकास गरी रहेका छन ।
यसले रोजगार, स्वरोजगार संगै नेपाली श्रम वाहिरी खेर जान रोक्नको लागि एवटा महत्वपूर्ण कोसेढुङ्गा बन्ने प्राय निश्चित छ अहिलेको संक्रमणको स्थितीमा एकै स्थानमा धेरै जना जम्मा भएर किनमेल गर्दा जोखिम बड्ने सम्भावनालाई मध्यनजर गर्दै विद्युतीय माध्यमद्वारा घरबाटै खरीद गर्दा जोखिम न्यूनिकरण हुने अनलाईन व्यापार मार्फत धेरै युवा संलग्न छन् ।
यस्तो प्रकारको व्यापार महामारी नियन्त्रण, रोकथाम गर्न प्रभावकारी सिद्द भएको छ । नेपालका युवा अन्य देशका युवा जतीकै परिश्रमी र प्रतिभावान छन् । भन्ने कुरामा दुई मत नहोला । यस्ता कुराहरुलाई आत्मसाथ गर्दै सरकारले अनलाइन व्यापारमा संलग्न युवाहरुलाई प्रोत्साहन गर्नु आजको टड्कारो आवश्यकता भएको छ । ...





