भदौ १२, काठमाडौं । हालसम्ममा शेयर बजारमा अनलाईन कारोबार गर्नको लागि ‘युजरनेम र पासवर्ड’ लिएका लगानीकर्ता ६४ हजार ६१६ जना रहेका छन् ।
२ लाख ८७ हजार ८५४ जना सक्रिय लगानीकर्तामध्ये ६४ हजार ६१६ जनाले युजरनेम र पासवर्ड लिएका हुन् । सबैभन्दा बढी नासा सेक्युरेटिजबाट ५ हजार २७६ जनाले अनलाइन युजर नेम र पासवर्ड लिएका छन् ।
दोस्रोमा सानी सेक्युरेटिजबाट ४ हजार ९८८ जनाले लिएका हुन् । पछिल्लो समय कोरोना भाइरस रोकथामका लागि काठमाडमौं उपत्यकामा गरिएको निषेधज्ञाले गर्दा शेयर बजारमा अनलाईन प्रयोगकर्ता बढेका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले गत भदौ ४ गतेदेखि उपत्याकामा निषेधज्ञा जारी गरेको थियो । निषेधाज्ञाको पहिलो दिन कारोबार रकम रू. ३९ करोड ३१ लाख बरावरको शेयर खरीदविक्री भएको थियो । त्यसपछिको कारोबार दिन भने कारोबार रकम रू. १ अर्बभन्दा बढी हुँदै आएको छ ।
बिहीवार भदौ ११ गते रू. १ अर्ब ९८ करोड बराबरको शेयर खरीदविक्री भएको छ । यसरी हेर्दा शेयर बजारमा अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या अझै बढ्ने देखिएको छ । ...





