समाज लघुवित्तको आईपिओ आज नै बाँडफाँड हुन सक्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
समाज लघुवित्तको आईपिओ आज नै बाँडफाँड हुन सक्ने

समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज नै बाँडफाँड हुन सक्ने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले शनिवार शेयर बाँडफाँड गर्ने तयारी गरे पनि शनिवार सार्वजनिक विदाको दिन भएको र निषेधाज्ञाको बेला आवतजावतको लागि समस्या हुन सक्ने देखिएकोले आज नै बाँडफाँड गर्नको छलफल भईरहेको जनाएको हो ।

यद्यपि क्यापिटलले यसबारे टुंगो लागिनसकेको बताएको छ । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले धितोपत्र बोर्ड र सिडीएससीसँग छलफल गरेर अबको २-३ घण्टामा शेयर बाँडफांडको मिति र समय तय हुने बताए । शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने उनले बताए  ।

Read More