छिल्लो समय दैनिक वृद्धि भइरहेको नेको इन्स्योरेन्सको शेयरमूल्य आईपीओ खरिद गर्ने लगानीकर्ताहरुका लागि लाइफटाइम हाई विन्दुमा पुगेको छ।
अर्थात, इन्स्योरेन्सले हालसम्म वितरण गरेको लाभांश तथा निष्काशन गरेको हकप्रदहरुलाई समायोजन गरेपश्चातको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो। बिहीबार इन्स्योरेन्सको शेयर ७७७ रुपैयाँमा अन्तिम कारोबार भएसँगै एड्जस्टेड प्राइस लाइफटाइम हाईमा पुगेको हो।
यस अघि इन्स्योरेन्सको लाइफटाइम हाई एड्जस्टेड क्लोजिङ्ग प्राई ७४० रुपैयाँ थियो। २०७३ चैत २१ गते मंगलबार इन्स्योरेन्सको एड्जस्टेड मूल्यले सो उचाई कायम गरेको थियो। ...








