वाणिज्य बैंकमा अध्यक्ष चयनको निर्णय भएन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
वाणिज्य बैंकमा अध्यक्ष चयनको निर्णय भएन

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले बिहीबार अध्यक्ष चयनसम्बन्धी निर्णय गर्न सकेन । मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई अध्यक्ष चयनका लागि बैठक बसे पनि त्यससम्बन्धी निर्णय नै नभएको स्रोतले बताएको छ । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका कोइराला बैठकमा उपस्थित नभएकाले सो सम्बन्धमा छलफल नै नभएको स्रोतले जानकारी दिएको छ । ‘उहाँले आउँदो आइतबारअघि बैंकको बैठकमा उपस्थित हुन नसक्ने बताउनुभयो,’ स्रोतले भन्यो, ‘सम्बन्धित व्यक्ति नै नआएपछि सो विषयमा छलफल नै भएन ।’ स्रोतका अनुसार आफ्नो नियुक्ति विषयमा चर्को विरोध भएपछि कोइराला बैठकमा उपस्थित नभएका हुन् । सुरुमा बैठक बुधबार बस्ने तय भएको थियो । विवादका कारण बैठक बिहीबारलाई सारिएको थियो । हाल बैंकको अध्यक्ष पद खाली भएकाले अर्का सञ्चालक अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको अध्यक्षतामा बैठक बसेको थियो । ‘नियमित एजेन्डामा छलफल भयो,’ स्रोतले भन्यो, ‘आइतबारयता सञ्चालक समितिको अर्को बैठक बस्ने सम्भावना पनि छैन ।’

Read More
  • MBL - below news