एटिएममा लगानी ४ अर्ब, आम्दानी शुन्य: सेवा बन्द हुनसक्ने चेतावनी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एटिएममा लगानी ४ अर्ब, आम्दानी शुन्य: सेवा बन्द हुनसक्ने चेतावनी

एटिएम प्रयोगमा शुल्क लिन नपाउने निर्देशनले बैंकहरुले असन्तुष्टि जनाएका छन्। यस निर्देशनले भोलिका दिनमा ग्राहकले एटिएम सेवा नै नपाउने अवस्था आउँन सक्ने बैंकरहरुले चेतावनी दिएका छन्। 

अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन नपाउने निर्देशनले करोडौं घाटा लागेकाले बैंकहरुले सेवाका नाममा घाटाको ब्यापार गर्न नसक्ने बैंकरहरुको भनाई छ। 

एउटा एटिएम मेसिन संचालनमा मासिक न्युनतम ७० हजार लाग्ने भएकाले यो निर्देशनले भविष्यमा एटिएम सुविधा बन्द नै हुने अवस्था आउँने उनीहरुको भनाई छ। 

इन्टरनेट, मासिक मर्मत खर्च, घर भाडा, मेसिनमा पैसा राख्दा त्यसबाट गुमाउनुपर्ने ब्याज, सुरक्षाकर्मीको तलब सुविधा, बिजुली बत्ति लगायतका खर्च जोड्दा एउटा मेसिन संचालनमा बार्षिक १० लाख खर्च हुने बैंकरहरुको भनाई छ। 

अन्तर बैंकिङ्ग एटिएम प्रयोगबाट उठ्ने शुल्क लिन नपाउने व्यवस्थाले बैंकहरुलाई खर्च व्यवस्थापनमा अप्ठ्यारो परेको बिकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बिजपाटीलाई बताए। 

Read More