मर्जर प्रक्रिया थाल्न ग्लोबल आईएमई लघुवित्तद्वारा समिति गठन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मर्जर प्रक्रिया थाल्न ग्लोबल आईएमई लघुवित्तद्वारा समिति गठन

काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले उपयुक्त लघुवित्त वित्तीय संस्थासँग आपसमा गाभ्ने वा प्राप्ति गर्ने प्रक्रियालाई अगाडि बढाउन मर्जर/प्राप्ति समिति गठन गरेको छ। 

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिले एकजना गैरकार्यकारी सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिको संयोजकमा सुशोभन देवकोटा रहेका छन् भने सदस्यमा अनिमेश हलवाई र सदस्य सचिवमा हरिकृष्ण जोशी रहेका छन्। 

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त संस्थाहरुले आपसमा मर्जर/प्राप्तिको नीतिलाई सहयोग पुर्याउने उद्देश्यले उपयुक्त लघुवित्त संस्थाहरुको अध्ययन गरी मर्जर/प्राप्ति कार्य सम्पन्न गर्नका लागि यो समिति गठन गरिएको संस्थाले स्पष्ट पारेको छ।

Read More