ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !

९ भदौं, काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् ।

कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई नियुक्त गरेको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।

राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफालगायतका सूचकका आधारमा देशकै पहिलो बैंक हो । बैंकको नेतृत्वमा नातावाद र सम्बन्धका आधारमा कुनै व्यक्तिलाई लैजानु उपयुक्त नहुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

को हुन् कोइराला ?

कोइरालाको यसअघिका नियुक्ति र उनका कामहरु पनि विवादित छन् । पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।

२०६२/६२ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिउ । त्यसबेला त उनी झन् विवादित भएका थिए ।

...

Read More
  • MBL - below news