तीन महिनामा ३०९ खर्ब रुपैयाँको डिजिटल कारोबार, कुल कारोबारमा ८३ प्रतिशत आरटीजीएसको हिस्सा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीन महिनामा ३०९ खर्ब रुपैयाँको डिजिटल कारोबार, कुल कारोबारमा ८३ प्रतिशत आरटीजीएसको हिस्सा

काठमाडौं । कोभिड महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ । आर्थिक गतिविधि कम भइरहेको यो बेलामा नेपालमा भने डिजिटल बैंकिङ कारोबारमा आम ग्राहकको अभ्यास बढ्दै गएको छ । कोभिडको कारण बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा जोड दिन भनेको र स्वयम् राष्ट्र बैंकले समेत यस्तो कारोबारलाई प्रोत्साहन गरेकाले यसको कारोबार बढेको हो ।

 नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लकडाउनको अवधिमा डिजिटल उपकरणको प्रयोग  उल्लेख्य रुपमा बढेको बताए  । यो अवधिमा सबैभन्दा बढी आरटीजीएसको कारोबार भएको छ । कुल कारोबारमा आरटीजीएसको हिस्सा ८२.८९ प्रतिशत अर्थात २५६ खर्ब २ अर्ब रहेको छ । 

गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा ३०८ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँको डिजिटल कारोबार भएको छ । वैशाख महिनामा मात्रै ७३ खर्ब २२ अर्ब ९७ करोड रुपैयाँको विभिन्न कार्ड तथा आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, मोबाइल÷इन्टरनेटलगायतका बैकिङ कारोबार भएको छ । जेठमा सो कारोबार अझ बढेको छ । जेठ महिनामात्र १०९ खर्ब २ अर्ब ८३ करोड रुपैयाँको डिजिटल कारोबार भएको छ । असारमा अझ त्यो कारोबार बढेर १२६ खर्ब ५९ अर्ब ६० करोड पुगेको छ ।  ...

Read More