समाज लघुवित्तको आइपीओमा १४८ गुणा बढी आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
समाज लघुवित्तको आइपीओमा १४८ गुणा बढी आवेदन

माज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा १४८ गुणाभन्दा बढी आवेदन परेको छ। बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार सोमबार साँझ पाँच बजेसम्ममा १४८.५६ गुणा बढी आवेदन परेको छ।

लघुवित्तको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। 

लघुवित्तको साेमबारदेखि शेयर बिक्री बन्द भएपनि अझै पनि कतिपय बैंकबाटै भौतिक रुपमा गरिएको आवेदनहरू भने थपिने छन्। 

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो।

Read More