नागबेलीलाई प्राप्ति पश्चात मिर्मिरेको एकिकृत कारोबार सुरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नागबेलीलाई प्राप्ति पश्चात मिर्मिरेको एकिकृत कारोबार सुरु

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले नागबेली लघुवित्तलाई प्राप्ति गरेपछिको पहिलो एकिकृत कारोबार आइतबारबाट सुरु भएको छ । मिर्मिरेले झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलीलाई प्राप्ति गरेपछि मिर्मिरेकै नाममा एकिकृत कारोबार सुुचारु भएको हो ।

नेपाल राष्ट्र बैंकले साउन २५ गते एकिकृत कारोबार गर्न स्वीकृति प्रदान गरेपछि संस्थाले आवश्यकप्रक्रिया पूरा गरि कारोबार सञ्चालन गरेको हो । एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै मिर्मिरेका अध्यक्ष टेक बहादुर बोहराले हाल विश्वनै कोरोना भाइरसको महामारीबाट आक्रन्त रहेको कठिन अवस्थामा समेत संस्थाले एकिकृत कारोबार गर्ने कार्य सफलतापूर्वक सम्पन गरेकोमा खुसी व्यक्त गरे ।

त्यस्तै,  नागबेलीका सञ्चालक समितिका अध्यक्ष दिपकुमार श्रेष्ठले गाभ्ने गाभिने प्रकृया सम्पन्न भएकोमा खुशि व्यक्त गर्दै कर्मचारी व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापनलाई सुझाव दिए ।

एकिकृत कारोबार पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ भने केन्द्रीय कार्यालय बनेपामा नै कायम छ । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा कुमार याक्सो रहेका छन् ।

Read More
  • MBL - below news