ऋणपत्रको अवधि सकिएसँगै एनएमबि बैंकले साँवा र ब्याज भुक्तानी गर्न थाल्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ऋणपत्रको अवधि सकिएसँगै एनएमबि बैंकले साँवा र ब्याज भुक्तानी गर्न थाल्यो

काठमाडौं । एनएमबि बैंकले ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि शुरु गरेको छ । यस ऋणपत्रको अवधि भदौ ५ गते सकिएसँगै बैंकले साँवा तथा व्याज भुक्तानी गर्न सुरु गरेको हो । बैंकले २०७१ सालमा प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरको ५० करोड रूपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । 

बैंकले सुचना जारी गरी ऋणपत्रधनीहरले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जाको सक्कल प्रति साथै आफ्नो परिचय खुल्ने आधिकारीक परिचयपत्रको सक्कल प्रत्रि अनिवार्य रुपमा पेश गर्नुपर्ने जानकारी दिएको छ । 

Read More
  • MBL - below news