काठमाडौं : समाज लघुवित्त वित्तीय संस्थाको आइपीओमा आक्रमक रुपमा आवेदन पर्ने क्रम जारी छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ९० हजार जनाले ६३ लाख १७ कित्ताको लागि आवेदन दिएका छन् । कुल ६३ करोड १७ लाख रुपैयाँ बरारको आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ८० हजार ७०० कित्तालाई आधार मान्दा ७८.२७ गुणा बढी आवेदन हो ।
समाजले बिहीबार (भदौ ४ गते) बाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५% कर्मचारीहरुका लागि र कुल निष्कासनको ५% अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । ...




