अब शेयर कारोबारको भुक्तानी अनलाइनबाट मात्र, ब्रोकरले गरे यस्तो आग्रह


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब शेयर कारोबारको भुक्तानी अनलाइनबाट मात्र, ब्रोकरले गरे यस्तो आग्रह

अब शेयर कारोबारको भुक्तानी अनलाइन माद्यमबाट हुने भएको छ। नेपाल धितोपत्र बोर्डले भदौ ३ मा निर्देशन जारी गर्दै १५ दिन भित्रमा ब्रोकर र लगानीकर्ता वीच हुने कारोवारको रकम लेनदेन विद्युतीय माध्यमबाट मात्र गर्ने ब्यबस्था गर्न निर्देशन दिएको हो। 

यससँगै ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसनले अब ब्रोकरहरुले बिद्युतीय माध्यम भन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने अवस्था रहेको प्रष्ट पारेको छ। ब्रोकरहरुले  अनलाईन बैंकिङ्ग, कनेक्ट आईपीएस लगायतका इटरनेट तथा बिद्युतिय भुक्तानी प्रणालीहरुमा आबद्ध हुनको लागि लगानीकर्तालाई आग्रह गरेका छन् । ब्रोकरहरुले ब्रोकरलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चातगर्ने भुक्तानी विधुत्तिय माध्यमबाट मात्र गरिदिन समेत आग्रह गरेका छन् ।

Read More