समाज लघुवित्तको आइपिओमा पहिलो दिन १५ गुणा धेरै आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
समाज लघुवित्तको आइपिओमा पहिलो दिन १५ गुणा धेरै आवेदन

समाज लघुवित्तको आइपिओ खुलेको पहिलो दिनमै १५ गुणा धेरै आवेदन परेको छ। शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार पहिलोदिन नै ५३ हजार १ सय आवेदकले १३ लाख ३३ हजार ३ सय कित्ताका लागि आवेदन दिएका छन्।

सर्लाहीमा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्तको आइपिओ भदौ ४ देखि खुलेको थियो।

संस्थाले १ सय अंकित ८० हजार ७० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको छ। कूल ८६ हजार कित्ता साधारण शेयर वर्गीकरण गरिएकोमा १ हजार कित्ता कर्मचारी तथा ४३०० सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

१ करोड १४ लाख चुक्ता पुँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी गएको वर्ष २१ रुपैयाँ रहेको छ।

Read More