समाज लघुवित्तले बिहिबारदेखि बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनै १६ गुणा भन्दा धेरै आवेदन परेको छ। लघुवित्तको आइपीओ १६.५२ गुणा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी आनुसार बिहबिार बेलुका पाँच बजेसम्ममा ५३ हजार १०९ जना आवेदकबाट १३ लाख ३३ हजार ३९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
लघुवित्तले विहीबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।




