काठमाडौं । कोरोनाभाइरसको महामारी र संक्रमणको त्रासले गर्दा पछिल्लो दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट बैंकिङ्ग वा अनलाइन बैंकिङ्ग सेवा प्रयोग गर्न सबैलाई भन्दै आएका छन् ।
आज काठमाडौं उपत्यका भित्र र देशका विभिन्न स्थानहरुमा हुँदै आएको निषेधाज्ञा र लकडाउनले गर्दा बैंकहरुले आफ्ना सबै शाखाहरु बन्द भएको र नखुल्ने जानकारी दिएका छन् ।
अर्को तर्फ इन्टरनेटको सहजता र बैंकहरुले दिँदै आएको इन्टरनेट बैंकिङ्ग सेवामा मानिसहरुको आकर्षण बढिरहेको छ ।
नेपालमा पनि इन्टरनेट बैंकिङ्ग सेवाग्राहीको संख्या बढिरहेको राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । तर सहज र सजिलो मानिएको इन्टरनेट बैंकिङ्गमा जोखिमहरु पनि उत्तिकै छन् ।
ह्याकरहरु इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग गर्नेहरुले केहि न केहि सानो गल्ती गरोस् भनेर कुरिरहेका हुन्छन् । जसले गर्दा मानिसहरुले आफ्नाो खाताबाट थाहा नपाईकन नै रकम गुमाउन सक्ने संभावना हुन्छ ।
त्यसैले यी विषयहरुमा ध्यान दिनुस् र आफ्नो इन्टरनेट बैंकिङ्गलाई सुरक्षित राख्नुहोस् ।





