किन असिमित रूपमा छाप्न सकिँदैन मुद्रा ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
किन असिमित रूपमा छाप्न सकिँदैन मुद्रा ?

साधारण शब्दमा मुद्रा भन्नाले नगदको रूपमा चलनचल्तीमा रहेको बैंक नोट बुझिन्छ । “रुपैयाँ “नेपालमा प्रचलित मुद्राको नाम हो।नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालदेखि नै सर्वसाधारणमा सर्वसुलभ रुपमा मुद्राको आपूर्ति नेपाल राष्ट्र बैंक(८वटा) , नेपाल बैंक लिमिटेड( २५ वटा )  र राष्ट्रिय बाणिज्य बैंक (४२ वटा) बिभिन्न शाखामा स्थापित नोट कोषहरु मार्फत सेवा  प्रदान गर्दै आएको छ । यसरी ७५ वटा नोटकोष मार्फत नेपाल राष्ट्र बैंकले नोट तथा सिक्काहरु बैंक, वित्तीय संस्था र सर्वसाधारणहरुलाई उपलब्ध गराउँदै आएको छ ।देशको अर्थतन्त्रको आकार वृद्धि हुँदै जाने क्रम जारी छ ।तर नोट तथा सिक्का निस्कासन गर्ने एकाधिकार पाएको नेपाल राष्ट्र बैंकले किन असिमित मुद्रा छप्दैन त ?

राष्ट्र बैंकले नोट निस्कासन गरेर गरीब जनतालाई बितरण गरिदिएमा सबै गरीब जनता धनीभै हाल्छन नि भनेर धेरै जनताले भन्ने गर्छन् र यस्को नकारात्मक असर थाहा नपाउने जो कोहीले पनि  यस्तो विधी अपनाउन सकिन्छ भनेर भन्नु स्वाभाविक नै हो । मानिसगरीब हुनु भनेको अत्यावश्यक बस्तु तथा सेवा (गाँस, वास र कपास ) उपभोग गर्न नसक्ने अवस्था हो भनेर बुझिन्छ । गरीब मानिसहरु सँग खेती गर्ने जग्गा हुँदैन , घर बनाउने रकम हुँदैन , विद्यालयको शुल्क तिर्न नसक्ने हुनाले बालबच्चाहरुलाई विद्यालयपठाउन सक्दैनन , बिरामी भएको अवस्थामा उपचार गर्न सक्दैनन। यदि त्यस्ता ब्यक्तिहरुलाई पैसा छापेर बितरण गर्ने हो भने उनिहरुको जिवनस्थरमा सुधार आउने थियो भनेर सोच्नु सही हो । तर राष्ट्र बैंकले किन यसो गर्दैन त ?

अर्थशास्त्रको सिद्धान्त अनुसार कुनैपनिबस्तुको उत्पादन माग र आपुर्तिअनुसार हुने गर्दछ र त्यही सिद्धान्त अनुसार मुद्राको पनि मात्रा निर्धारणा हुने गर्दछ। मुद्राको माग अर्थतन्त्रको आकार, आर्थिक गतिविधि, रोजगारीको स्थिति, मुद्रास्फीति, आम्दानी र लगानी (बाह्य÷आन्तरीक) मा भएको उतार चढाव, रेमिट्यान्सको आप्रवाह आदिले प्रत्यक्ष वा अ-प्रत्यक्ष रुपमा प्रभाव पार्छ ।वास्तवमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले नेपाली नोट छाप्ने सम्पूर्ण जिम्मा राष्ट्र बैंकलाई दिएको छ ।सामान्यतया नेपाल राष्ट्र बैंकले करिब ३.२५ बर्षलाई पुग्ने गरी मुद्राहरुको माग प्रक्षेपण गरी नयाँ नोट छपाई गर्ने गर्दछ ।

नोट छपाई गर्नेमुलत दुइवटा क्षेत्रको प्रमुख भूमिका हुने गर्दछ ।

१) कुल ग्राहस्थ्य उत्पादन

२) नोट निष्काशन गर्दाको सुरक्षण 

 कुल ग्राहस्थ्य उत्पादन

कुल ग्रार्हस्थ उत्पादनभनेकोकुनैएकनिश्चितअवधिमामुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ (कुल ग्रार्हस्थ उत्पादनको सूत्र = व्यक्तिगत खपत + व्यावसायिक लगानी सरकारी खर्च + निर्यात – आयात)  ।कुल ग्रार्हस्थ उत्पादन एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ ।कुल ग्रार्हस्थ उत्पादन र देशमा भएको मुद्राको कुल योगफल बराबर हुनु पर्दछ ।अर्थब्यवस्थामा कुन बर्ष कतिप्रतिशतले मुद्राको आपुर्ती गर्नु पर्छ भन्ने त्यस अर्थब्यवस्थाको कुल ग्राहस्थ्य उत्पादनमा कतिप्रतिशत बृद्धिभयो र मुद्रस्फ्रितीमा कती प्रतिशतले बृद्धिभयो भन्नेमा भर पर्दछ। मानौ कुल ग्राहस्थ्य उत्पादनमा ५ प्रतिशतले बृद्धिभयो भने उत्पादित बस्तु तथा सेवा खरिद गर्नको लागि समेत ५ प्रतिशत ले मुद्रा को परिमाण बृद्धि      गर्नु पर्छ किनभने बस्तु तथा सेवा उत्पदन गर्न बिभिन्न क्षेत्रको संलग्नता हुन्छ र संलग्न भए वापत मुद्रा दिनु पर्ने भएको हुनाले मुद्राको माग बढछ र सोहीअनुरुप मुद्राको छपाइमा बृद्धिआउँछ । 

असिमितमात्रामा मुद्रा छपाइ गर्दा आउने परिमाण

दैनिक जीवनयापन गर्न पैसाको ठुलो महत्व हुन्छ । पैसा कमाउनकै लागि मानिसहरु दिन रात एक गरी काम गरीराखेका हुन्छन तर यदि सरकारले असिमित मुद्रा छापी आमसर्बसाधारणलाइ बाढ्यो भने के हुन्छ ?  मानिसहरु कामगर्न छोड्छन फलस्व्ररुप उत्पादन घटछ र असिमित पैसा हुन थालेपछL बस्तुको माग बढ्न थाल्छ।  उत्पादन स्थिर र माग बढ्न थालेपची मुद्रास्फ्रिती उत्पन्न हुन्छ । मानौ नेपालमा ३ जना मानिसहरु राम श्याम र हरी बसोबास गर्दछन तिनिहरुको आम्दनी क्रमशरु १००,३००, ५०० छ र नेपालमा ९० किलोचामल उत्पादन हुन्छ जसको मुल्य प्रतीकिलो रु १० छ । अब आम्दनी अनुसार राम श्याम र हरी क्रमस १०, ३०,५० किलो चामल किन्न सक्छन । अब मानौ नेपाल राष्ट्र बैंकले असिमित मुद्रा छाप्यो र सबैलाई आम्दनीको दोब्बर रकम बाढ्यो जसअनुसार राम श्याम हरीको नयाँ आम्दनी क्रमस रु २००,६००,१००० हुन्छ तर उत्पादनमा बृद्धिनभएको कारण चामल ९० किलोमै सिमित रह्यो। अब अर्थशस्त्रको सिद्धान्त अनुसार अन्यकुरा स्थिर रहेमा माग बढ्यो र आपुर्ती मागअनुरुप बढ्न सकेन भने मुल्यव्रिद्धी हुन्छ जसअनुसार ९० किलो चामलको मुल्य रु ९०० बाट ब्रिद्धी भइ रु १८०० हुन पुग्यो । यसरी बृद्धिभएको मुल्यलाई मुद्रास्फ्रिती भनिन्छ ।

इतीहासको पाना पल्टाएर हेर्ने हो भने विश्वोमाधेरैदेशहरु छन जस्ले यस किसिमका गलत निर्णय लिनपुगे उदाहरणको लागि जर्मनी र जिम्वाबेलाई हेरौ । जर्मनीले प्रथम बिस्वो युद्धको समयमा अन्य देशहरुसँग ठुलो रकम ऋणलियो र हार पस्चात देशको आर्थिक गतिबिधी निकै नाजुक अवस्थामा पुग्यो । अन्य देशहरुको ऋणतिर्न जर्मनीले असिमित मुद्रा छपाइ प्रकृया अगाडि बढायो र अन्तत जर्मनीको मुद्राको अवमुल्यन भयो । अब कुर गरौ जिम्वाबेको जिम्वाबेले पनि गरीबी घटाउन सजिलो उपाय लगायो असिमित मुद्रा छपाइेअसिमित मुद्रा छापेको हुँदा मुद्रस्फ्रिती अत्याधिक रुपमा बढदै गयो सन २००६ मा १२००% मुल्यबृद्धिभयो र यसकिसिम्को मुल्यबृद्धिले निरन्तर्ता पाउदै गयो। ...

(उदिप लुइटेल-लेखक नेपाल बैंकमा कार्यरत छन् ।)...

Read More
  • MBL - below news