एनएमबी बैंकले डिजिटल बैंकिङलाई एकिकृत गरेर फिचर्स थप गरेको छ। मोबाइल तथा वेबको माध्यमबाट दिइने यस्तो सुविधा थप गरिएको बैंकले जानकारी दिएको छ।
'एनएमबी ओम्निच्यानल' नाम दिइएको यो डिजिटल बैंकिङ विन्डो नेपालमै पहिलोपटक भएको बैंकले दाबी गरेको छ।
मुख्य बैंकिङ सेवा लिनका लागि भौतिक काउन्टरमा नगइ इन्टरनेटको माध्यमबाट एप तथा वेबको माध्यमबाटै लिनसकिने बैंकले जानकारी दिएको छ।
केवाईसी अपडेट, पिन र पासवर्ड रिसेट, टीडीएस स्टेटमेन्ट हेर्न, बचत र एफडी खोल्न/बन्द गर्न, समय अगाडि नै एफडी प्रिम्याचुअर गर्न, एफडीको आधारमा कर्जा लिने सुविधा मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट लिन सिकने छ।
कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न पनि ओम्नी च्यानलबाटै सकिने छ। चेक बुक, कार्ड तथा चेक भुक्तानी रोक्का र खाता सक्रिय गर्न पनि अनलाइन माध्यमबाटै सकिने छ।





